नबिल बैंकका ज्ञवाली महाप्रबन्धकमा बढुवा
वि.सं.२०७८ कात्तिक १ सोमवार
12K
shares
shares
काठमाडौं। नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ। १४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो।
नबिलमा महाप्रबन्धक लाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ।
ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि कार्यकाल बाँकी छँदै उनले ज्योति छाडेका थिए । ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव रहेकाे तथा उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
Subscribe
0 Comments
Oldest






























