दोहोरो अंकले बढ्यो सेयर बजार
वि.सं.२०७८ कात्तिक ७ आइतवार
19K
shares
shares
काठमाडौं । साताको पहिलो कारोबार (आइतबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.५१ अंकले बढेर २५८४.५२ बिन्दुमा पुगेको छ । आज नेप्से १.०८ प्रतिशतले बढेको हो । यता, सेन्सेटिभ परिसूचक पनि ७.२४ अंकले बढेर ४९०.६८ बिन्दुमा पुगेको छ ।

आइतबार कुल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Subscribe
0 Comments
Oldest






























