शेयर बजारमा लामो समयपछि हरियाली देखिँदा लगानीकर्ताहरु उत्साहित
वि.सं.२०७८ कात्तिक ८ सोमवार
29.4K
shares
shares
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो समय घटिरहेको बजारमा लामो समयपछि हरियाली देखिएको हो ।
बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । आज कारोबार रकम र र परिसूचक दुवै बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको छ । आज नेप्से ३.३९ प्रतिशतले बढेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.६१ अंकले बढेर ५०४.५७ बिन्दुमा पुगेको छ ।

Subscribe
0 Comments
Oldest






























