देउवा केही समय पार्टीको १४ औं महाधिवेशन टार्दै जाने रणनीतिमा

11.1K
shares
Nabil bank

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन केहि समय पर धकेलिने संकेत गरेका छन् ।

पार्टी विधान र संविधान अनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्न असफल भएपछि अझै केही समय महाधिवेशन सार्ने र टार्ने रणनीतिमा पुगेका हुन्।

अझै भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यताकाे नै टुंगो लगाउन नसकेककाले अधिवेशन सार्ने रणनीतिमा देउवा लागेका हुन् ‌ लाग्न सकेको छैन।

निर्वाचन आयोगले सोमबार चैत पहिलो साता स्थानीय निर्वाचन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई सुझाएको छ। त्यतिमात्र होइन, फागुन २० बाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ।

अर्को मंसिरमा गर्नुपर्ने निर्वाचन आगामी वैशाख–जेठमै तान्ने र त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गराउने दाउमा रहेका देउवा विभिन्न तहका निर्वाचनलाई देखाएर पार्टीको १४औं महाधिवेशन पर सार्ने रणनीतिमा जुटेका छन्।

चौथोपटक तोकिएको महाधिवेशनको मिति (मंसिर ९ देखि १३) आउन एक महिनामात्र बाँकी छ। तर त्यसका लागि गर्नुपर्ने कुनै तयारी अघि बढेको छैन। उक्त मितिमा पनि कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित भइसकेको छ।

कतिपय नेताले भने तोकिएकै मितिमा महाधिवेशन हुने दाबी गर्दै आएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशनमा बसेका नेतालाई अधिवेशन प्रतिनिधि ल्याउने र सदस्यता भने अहिलेकै कायम राखेर समाधान खोजिने बताइएको छ। तर उक्त काम अहिलेसम्म अघि बढेको छैन।

विवादित जिल्लाको सदस्यता टुंगो नलागेसम्म कांग्रेसको निर्वाचन समितिले अन्य जिल्लाका बाँकी अधिवेशन प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ। सदस्यता विवादको समाधान गर्ने जिम्मेवारी पाएका नेताले तिहारअघि ती जिल्लाको सदस्यता टुंगोमा पुर्‍याए छठ (कात्तिक २४) पछि बाँकी १३ जिल्लामा वडा अधिवेशन हुनेछ।

नेताहरूको बुझाइमा बाँकी १३ जिल्लाको वडा अधिवेशन छिटोमा कात्तिक अन्तिम वा मंसिर पहिलो सातामात्र सम्भव छ। सबै जिल्लाको वडा अधिवेशनपछि मात्र पार्टी केन्द्रीय समितिले बाँकी तहको अधिवेशनको कार्यतालिका निर्धारण गर्नेछ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x