हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु

मेलम्ची। हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले बेलिव्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रवारबाट बेलिव्रिज निर्माण थालिएको हो ।

वेलिव्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको थियो । पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केध्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते लगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुनेछ ।

गत साउन १७ गतेको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रुपमा परिचित चनौटे स्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए ।

पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro