आगामी कार्तिक २९ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
वि.सं.२०७८ कात्तिक ११ बिहीवार
16.3K
shares
shares
काठमाडौं । आगामी कार्तिक २९ गते सोमबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।
प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गत १३ औँ बैठक बिहीबार (आज) बसेर आगामी कार्तिक २९ गते बस्ने गरि बैठक स्थगित गरिएको हाे । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी नै राखेका थिए ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७८ पेश लगायतका कार्यसूची रहेको थियो ।
Subscribe
0 Comments
Oldest































