प्रचण्डले गरे जनता समाजवादीलाई पार्टी एकताको प्रस्ताव

1.2K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादीसँग पार्टी एकताका प्रस्ताव अघि सारेका छन् ।

शनिबार सर्लाही पुगेका प्रचण्डले जसपालाई क्षेत्रीय पार्टीबाट राष्ट्रिय बनाउन माओवादी केन्द्रसँग एकता गर्न प्रस्ताव अघि सारेका हुन् ।जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादव समेत उपस्थित रहेको कार्यक्रममा प्रचण्डले सो प्रस्ताव गरेका हुन् ।

‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’ प्रचण्डले भने ।

त्यस्तै उनले भने ‘गठबन्धन त हामीले गरेकै छौँ । अब पार्टी एकता गरौँ । ढिला नगरौँ । तपाइँहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौँ।’

civil hospital
Hams Hospitals