सेयर बजारमा उत्साह देखियाे, काराेबार रकम तथा परिसूचकमा पनि वृद्धि

काठमाडौं । अघिल्लो साताभर नै बढेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिनपनि बढेकाे छ । आज कारोबार रकम तथा परिसूचकमा समेत वृद्धि देखिएको छ ।

लामो समयदेखि घटिरहेको बजारले पुन: गति लिन थाले पछि लगानीकर्ता हरुमा थप उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको छ । आज नेप्से १.९९ प्रतिशतले बढेको हो ।

त्यसैगरी, सेन्सेटिभ परिसूचक ९.४६ अंकले बढेर ५३०.४६ बिन्दुमा पुगेको छ । आज कुल २३२ कम्पनीको एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro