काेभिड-१९ अपडेट : ५३३ संक्रमित थपिए , थप १ काे मृत्यु

Ghorahi cement

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ९१८ जनाको पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ जनाको एन्टीजेन परीक्षणमा ९० जनामा संक्रमण देखिएको हो ।

सो अवधिमा ४८४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro