हानि–नोक्सानीलाईसम्बोधन नगरी सकियो जलवायु सम्मेलन

11K
shares
Nabil bank

जलवायुजन्य विपद्ले सिर्जना गर्ने हानि–नोक्सानी सम्बोधन गर्न छुट्टै सुविधा हुनुपर्ने विकासोन्मुख राष्ट्रको माग पूरा गर्न जलवायु परिवर्तनसम्वन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–२६)असफल भएको छ ।

तर हरितगृह ग्यास उत्सर्जन घटाउन तथा जलवायुजन्य संकटमा रहेका विकासोन्मुख तथा अल्पविकसित राष्ट्रलाई वित्तीय सहयोग बढाउन भने ग्लास्गोमा आयोजित सम्मेलन आंशिक रूपमा सफल भएको छ ।

सम्मेलनका क्रममा चीनसहित विकासोन्मुख देशहरूको समूह जी–७७ र ससाना द्विपराष्ट्रको सञ्जालले जलवायुजन्य हानि–नोक्सानी तथा क्षति सम्बोधन गर्न छुट्टैै सुविधा (फेसिलिटी) स्थापना गर्न दबाब दिएका थिए। ग्लास्गो सम्मेलन जलवायु वित्तको सुनिश्चित प्रवाह तथा तापमान वृद्धिलाई १.५मा सीमित पार्न थप प्रयासको आवश्यकतासम्बन्धी विषयसँगै जलवायुजन्य हानि–नोक्सानी तथा क्षति सम्बोधन गर्न महत्वपूर्ण साबित हुने अपेक्षा थियो ।

पछिल्ला वर्षमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) प्रक्रियामा हानि–नोक्सानीको विषयले महत्व पाउँदै आएको छ। अल्पविकसित मुलुकले हानि–नोक्सानीको प्रस्ताव छुट्टै छलफलको विषय र जलवायु वार्ताको छुट्टै स्तम्भ हुनुपर्ने जिकिर गर्दै आएका छन् ।

ठूलो आर्थिक भार पर्ने तर्क गर्दै अमेरिका तथा युरोपियन युनियनमा आबद्ध विकसित राष्ट्रले यसलाई छुट्टै विषय नबनाई अनुकूलनको अंगको रूपमा राख्न चाहन्छन् ।

ग्लास्गो जलवायु सहमति(ग्लास्गो क्लाइमेट प्याक्ट) अन्तर्गत विकासोन्मुख देशको मागअनुसार छुट्टै कोष र प्रतिबद्धता नआए पनि यो विषयलाई सम्बोधन गर्न वित्त, प्रविधि तथा क्षमता विकासको क्षेत्रमा जोखिममा रहेका राष्ट्रलाई थप सहयोग गर्नुपर्ने आवश्यकतालाई सम्मेलनले जोड दिएको छ।‘हामी धनी राष्ट्र, अन्य वित्तीय संयन्त्र, संयुक्त राष्ट्रसंघका निकाय,गैरसरकारी निकाय तथा निजी क्षेत्रलाई यो विषयमा थप सहयोग उपलब्ध गराउन अनुरोध गर्दछौं,’ सम्मेलनको निर्णयमा भनिएको छ । नागरिक दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x