रुसमा एकैदिन ३८ हजारभन्दा बढी काेराेना सङ्क्रमित थपिए

कोरोनाभाइरसबाट एक दिनमा रुसमा ३८ हजारभन्दा बढी सङ्क्रमित भइरहेका बेला चीनमा भने ५२ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।

चिनियाँ समाचार संस्थाहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनभरिमा ५२ जना मात्र नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ थपिएका मध्ये पनि देशभित्रैबाट सङ्क्रमित भएका भने ३२ जना मात्रै रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

आन्तरिक रूपमा सङ्क्रमित भएकामध्ये २५ जना लिओनिङ्का रहेका छन् भने दुई जना हेइलोङजियाङ र एक एक जना हेबेइ र युनानका रहेका छन् ।

अरू २० जना भने विदेशबाट आएकाहरूमध्येमा देखिएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।

तर सोही अवधिमा रुसमा भने ३८ हजार ४२० जना नयाँ सङ्क्रमित देखिएको रुसी अधिकारीहरूको भनाइ छ । योसँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कूल सङ्ख्या ९१ लाख नौ हजार ९४ पुगेको छ ।

रुसमा पछिल्लो समय लगातार औसतमा ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । तर ४० हजारभन्दा कम सङ्क्रमित देखिएको सोमबार तेस्रो दिन हो ।

– एजेन्सी

 

 

Shangri-la Development Bank Ltd.
Nepali patro