चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल दुरसञ्चार कम्पनीकाे खुद नाफा २ अर्ब २५ करोड ९९ लाखभन्दा माथि
वि.सं.२०७८ कात्तिक ३० मंगलवार
shares
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल दुरसञ्चार कम्पनीले २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ४८ दशमलव ९० प्रतिशत बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यस वर्ष कुल आम्दानी ८ दशमलव ३९ प्रतिशत बढेकाले पनि खुद नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १५ अर्ब रुपैयाँ रहेको छ ।
जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष २ दशमलव ७१ प्रतिशत बढेर ८३ अर्ब ८२ करोड १९ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६० दशमलव २६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ६५८ दशमलव ८१ रुपैयाँ छ ।


























