मारुती सिमेन्ट गुुणस्तरहीन , विभागले गर्यो कारबाही
वि.सं.२०७८ मंसिर २ बिहीवार
17.8K
shares
shares
काठमाडौं । गुणस्तरविपरीत सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टलाई कारबाही गरेको छ ।
विभागले बुधबार मारुती सिमेन्ट, सिराहालाई ओपीसी ४३ ग्रेडको सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै कारबाही गरेको हो ।
विभागले नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको भन्दै यसअघि पनि मारुती सिमेन्टलाई कारबाही गरेको थियो । मारुती सिमेन्टले आफूले नपाएको गुणस्तर प्रमाण पाएको भन्दै गलत विज्ञापन गरेको थियो । यस विषयमा विभागमा उपभोक्ताको उजुरी परेपछि विभागले मारुतीलाई कारबाही गरेको थियो ।
Subscribe
0 Comments
Oldest
































