एमालेकाे महाधिवेशनमा विचारलाई कुनै महत्व नै छैन् – अध्यक्ष ‘प्रचण्ड’
वि.सं.२०७८ मंसिर ११ शनिवार
1.5K
shares
shares
काठमाडौं, ११ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाकाे रुपमा खण्डन गरेका छन् ।
पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताए।
त्यस्तै ‘तपाईहरूले देख्नु नै भएको छ , कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन,’ प्रचण्डले भने ।
माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पुर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना गर्न गएका थिएनन् ।




























