बन्दसत्रमा ओली : एकता, सद्भाव र सहकार्यमा जोड

20.9K
shares
Nabil bank

चितवन (सौराहा) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको बन्दसत्र सम्बोधन गर्दै पार्टीमा अहिले प्रतिस्पर्धा नभई भावनात्मक एकता, सद्भाव र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

झन्डै २ घन्टा सम्बोधन गरेका उनले पार्टीको विचार, नीति, सिद्धान्त प्रस्ट रहेको बताउँदै पार्टीभित्र प्रतिस्पर्धा नभई एकता मुख्य कुरा भएकोमा जोड दिए । उनले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने भन्दै पार्टीभित्र भने नयाँ एकता कायम गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

पार्टीभित्र एकता भए मात्रै बलियो भएर प्रतिपक्षसँग लड्न सक्ने बताउँदै ओलीले पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई धन्यबाद पनि दिए ।

विरोधीहरूले पार्टी नै खोसेर धुलोमा पछारेकोमा एक वर्ष पनि नभई देशको एक नम्बर पार्टीका रूपमा पुनर्जीवन पाएको दाबी गर्दै ओलीले एमाले सिध्याएको भन्दै खुसी मनाउनेहरूलाई चितवनमा देखिएको जनसमर्थनले जवाफ दिएको स्पष्ट पारे । राजधानी दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x