‘म प्रधानमन्त्री भएको भोलिपल्टै सारा नेपालीलाई मुक्ति पाएजस्तो भयो’ – प्रधानमन्त्री देउवा

14.5K
shares
Nabil bank

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएकाे भोलिपल्टै सारा मान्छेलाई मुक्ति पाएजस्तो भएकाे बताएका छन् ।शुक्रबार कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू प्रधानमन्त्री भएकाे भाेलिपल्टै ओलीको शासनबाट मुक्ति सारा नेपालीले मुक्ति पाएकाे बताएका हुन् ।

नेपाली कांग्रेसका सभापति देउवाले डर त्रासबाट समाजलाई मुक्त गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको समेत बताएका छन् ।

शुक्रबार कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू प्रधानमन्त्री भएपछि डर त्रासको वातावरण अन्त्य भएको बताए ।

आगामी निर्वाचनमा सबै तहमा कांग्रेसको सरकार बनाउन पार्टी सभापतिमा आफूलाई जिताउन उनले आग्रह गरे।

एउटा कुरा स्पष्ट भन्न चाहन्छु, जुन दिन मेरो सरकार बन्यो, त्योभन्दा अगाडिका दिन हेर्नुस्, कस्तो थियो, डर त्रास। देशभर कस्तो अवस्था थियो ?’ उनले भने,

डर त्रासबाट मुक्त समाज, फेरि कुनै किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्ने उनले बताए। सही निर्णय गरेको खण्डमा आउँदो सरकार कांग्रेसको हुने जिम्मा आफूले लिने उनले बताए ।

कांग्रेसको सरकार रहिरह्यो भने मात्रैं स्थानीय सरकार कांग्रेसको हुने, राष्ट्रिय सरकार कांग्रेसको हुने भन्दै उनले भने, ‘त्यसका लागि मलाई यो पल्ट जिताइदिनुस् ।’ भने आग्रह गरे ‌‌‌।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x