अस्ट्रेलिया खुल्यो, जापान बाँकी

13.3K
shares
Nabil bank

कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ ।

अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन्।

यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो । भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् ।

अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् । डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए । तत्काललाई उनीहरूले यस्तो समस्याबाट राहत पाउने नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो ।

भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् । अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x