काेभिड-१९ अपडेट : २६० संक्रमित थपिए , १ काे मृत्यु

काठमाडौं पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८ हजार ६० जनाको नमुना परीक्षणमा २३७ जना र एन्टीजेन विधिबाट ३ हजार ८३८ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा ३४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ ।

बितेको २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro