प्रचण्डलाई १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार

1.3K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् ।

महाधिवेशन अघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल १ हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन्।

अब अध्यक्ष प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेका सहित १ सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रतिनिधिका रुपमा मनोनयन गर्ने छन् ।

माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११ पुसमा प्रज्ञा भवन काठमाडौंमा उद्घाटन हुँदैछ ।

civil hospital
Hams Hospitals