काेराेना संक्रमण थप फैलिदै , एकैदिन थपिए ६ हजार भन्दाबढी संक्रमित

Ghorahi cement

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १७ हजार ४ सय ६५ जनामा परीक्षण गर्दा १४ हजार १४ जनाको पीसीआर र ३ हजार ४ सय ५१ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी हाल नेपालमा ३० हजार ७ सय ८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Nepali patro