निकृष्ट बाल श्रम बागमती प्रदेशमा बढी

21.7K
shares
Nabil bank

नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ। पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि औद्योगिक क्षेत्र र आर्थिक क्रियाकलाप बढी हुने क्षेत्रमा निकृष्ट प्रकारको बाल श्रम हुने गरेको हो।

नेपाल बाल श्रम रिपोर्ट २०२१’ अनुसार सबैभन्दा बढी बाल श्रम कर्णाली प्रदेशमा हुने गरेको छ। तर, निकृष्ट किसिमको बाल श्रम भने सबैभन्दा बढी बागमती प्रदेशमा छ। निकृष्ट प्रकारको बाल श्रम बागमती प्रदेशमा ३४.५ प्रतिशत, मधेश प्रदेशमा २९.७ प्रतिशत, लुम्बिनी प्रदेशमा २५.३ प्रतिशत र प्रदेश १ मा ११.५ प्रतिशत रहेको पाइएको छ।

सरकारले दिगो विकास लक्ष्य ८ हासिल गर्न २०८२ सम्ममा सबै प्रकारका बाल श्रम निवारण गरी बाध्यकारी श्रम तथा मानव बेचविखनको अन्त्य गर्ने प्रतिवद्धता जनाएको छ। स्वदेश तथा विदेशमा बाल श्रम, बाध्यकारी श्रम तथा मानव बेचविखनको सामना गरिरहेको नेपालले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गरी सबै प्रकारमा श्रम शोषण अन्त्य गर्ने गरी योजना अघि बढाएको भए पनि लक्ष्य अनुसार बाल श्रम घट्न सकेको छैन।

स्वदेशमा मात्र नभई भारतमा समेत नेपाली बालबालिकालाई श्रम लगाइएको पाइनुले नेपालले सन् २०३० सम्ममा मानवताविरुद्धको अपराध र गम्भीर मानव अधिकारको उल्लंघन अन्त्य गर्ने लक्ष्यमा चुनौती देखिएको सरोकारवालाहरु बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x