प्रधानमन्त्री देउवा पूर्वी नेपाल जाँदै, यी हुन् भम्रण तालिका
वि.सं.२०७८ चैत ७ सोमवार
22.4K
shares
shares
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाने कार्यक्रम तय भएको छ । मोरङको सुन्दर हरैंचा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ज्यु मोरङ जान लागेका हुन् ।
प्रधानमन्त्री नगरपालिकामा आयोजना हुने दुई कार्यक्रममा सहभागी हुने हुनेछ । प्रधानमन्त्री बिहान हेलिकोप्टरबाट हरैंचा जाने छन् र हरैंचामा निर्माण भएको नगर अस्पतालको उद्घाटन गर्नेछन् ।
अस्पताल उद्घाटनपछि नगरपालिकाकै सलकपुरमा नगरपालिकाको भवन शिलान्यास गर्ने र जनतालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि प्रधानमन्त्रीले विराट चौकमा खाना खाने र पाँचथरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
Subscribe
0 Comments
Oldest
































