मोबाइल, कम्प्युटर जस्ता विद्युतीय उपकरणहरुले आखाँमा पार्ने असर र न्युनीकरणका उपाय
वि.सं.२०७८ चैत १६ बुधवार
shares
Photo By: Male hand holding smartphone. Businessman using laptop computer and digital tablet while working in the cafe. Mobile app or internet of things concepts. Modern lifestyle in digital age.
१. कम्प्युटर भिजन सिन्ड्रोम
हाम्रो आँखाले प्राकृतिक रुपमा आँखा झिमझिम गर्ने प्रकृयामा लामो समय सम्म एकनासले विद्युतीय उपकरणहरु (मोबाइल, ल्याबटप, ट्याब) हेर्दा ह्रास आउँछ। त्यसले गर्दा आँखामा थकान हुने, आँखा सुख्खा हुने, एउटा चीज÷बस्तुलाई हेर्दा दुई वटा देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ, जसलाई हामीले कम्प्युटर भिजन सिन्ड्रोम भन्छौं।
२. आँखाको मांशपेसीको लचकता तथा दृष्टिमा ह्रास आउनु
अत्याधिक विद्युतीय उपकरणहरु (मोबाइल, ल्याबटप, ट्याब) को प्रयोगले बच्चाहरुको दुरदृष्टिमा समस्या हुन सक्छ। हाम्रो आँखाले नजिक हेर्दा कालो नानी भित्रतिर जाने र टाढा हेर्दा यो सामान्य सिधा अवस्थामामा आउनु पर्छ। अत्याधिक स्क्रीन हेर्दा कालो नानी टाढा जाने प्रकृयामा ढिला हुन जाने र डेढोपना समेत देखिन सक्छ। यो समस्या छोटो अवधिको हुन्छ र स्क्रीन समय कम गर्दा फेरि सामान्य अवस्थामा आउन सक्छ।
३. टाढा नदेख्ने समस्या
अत्याधिक विद्युतीय उपकरणहरु (मोबाइल, ल्याबटप, ट्याब) को प्रयोगले बच्चाहरुमा टाढा नदेख्ने समस्या पनि हुने सर्वेक्षणहरुले देखाएको छ। कोरोना महामारीको बेलामा झण्डै एक डेढ वर्ष अनलाईन कक्षा हुनु र यस्ता खालका बालबालिकाको अत्याधिक चाप आँखा अस्पतालहरुमा हुनुले पनि यस कुराको थप पुष्टि गर्छ। त्यसैले बच्चाहरुलाई घरबाट बाहिर निस्केर खेल्ने खेलहरुमा प्रोत्साहित गर्ने अभिभावकहरुको जिम्मेवारी हुन्छ।
-अब हामीले हाम्रो बालबालिकालाई यस्ता समस्याबाट कसरी जोगाउने त ?
कम्प्युटर त आजको दुनियाँमा अपरिहार्य बस्तु नै बनिसकेको छ। सम्पूर्ण शिक्षा प्रणाली नै कम्प्युटराईज्डड भई राखेको अवस्थामा यसमा रोक लगाएर हामीले हाम्रो बालबालिकाको व्यक्तित्व विकासमा रोक त लगाई राखेको छैनौं? आउनु होस अब हामी स्क्रीनलाई सावधानी पूर्ण कसरी प्रयोग गर्न सकिन्छ त्यसको बारेमा चर्चा गर्छाैं।
नियम: २०-२०-२०-२
यसमा विद्युतीय उपकरण प्रयोगकर्ताहरुले प्रत्येक २० मिनेट स्क्रीन हेरिसकेपछि २० फिट परको बस्तु २० सेकेण्ड सम्म हेर्ने र २० पटक आँखा झिमझिम गर्ने (यो नियम ठूलो मान्छेमा पनि लागु हुन्छ।) यसो गर्नाले आँखालाई सामान्य अवस्थामा आउन मद्दत गर्छ।
नियम : २ घण्टा दिनको घर बाहिर खेल्न प्रोत्साहन गर्ने।
स्क्रीनको आकार र दुरी
जति सानो विद्युतीय उपकरण (मोबाइल, ट्याबलेट, ल्याबटप) कोे स्क्रीन भयो त्यति नै यसमा आँखा केन्द्रित गर्न गाह्रो हुन्छ। बालवालिकालाई मोबाइल, ट्याबलेट भन्दा ल्याबटप, कम्प्युटरमा काम गर्न दिने। कति दुरीमा स्क्रीन राख्ने त भन्दा यसमा पनि १(२(१० नियम प्रयोग हुन्छ। जस्तै:
मोबाइल, ट्याब्लेट १ फुट भन्दा टाढा राख्ने।
ल्याबटप, कम्प्युटर २ फुटभन्दा टाढा राख्ने।
टेलिभिजन – १० फुटभन्दा टाढा राख्ने।
यस बाहेक स्क्रीनको उज्याला÷चमक कम गर्ने र ब्लु फिल्टर प्रयोग गर्न पनि सकिन्छ।
३. कति समयसम्म बालबालिकाहरुलाई स्क्रीन हेर्न दिने?
अमेरिकन एकेडेमी अफ पिडियाट्रिक अप्थालमोलोजीले दिएको सुझाव अनुसार
१. १८ महिना भन्दा मुनिका बालबालिकाललाई नदिने।
२. १८ महिनादेखि माथि र २ वर्ष मुनिका बालबालिकालाई आफ्ना अभिभावक र आफन्तजनसंग भिडियो गफ गर्न सकिनेछ।
३. २ वर्ष देखि माथि र ५ वर्ष सम्मका बालबालिकाहरुलाई अभिभावकहरुले १ घण्टा भन्दा बढी मोबाइल, ट्याबलेट प्रयोग गर्न नदिने।
४. ५ वर्ष भन्दा माथिका उमेर समूहकाले स्कुलको काम बाहेक २ घण्टा भन्दा बढी मोबाइल, ट्याबलेट, ल्याबटप प्रयोग नगर्ने।
सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन दिएको सुझाव अनुसार
८ वर्ष देखि १० वर्ष सम्म – ६ घण्टा/प्रति दिन
११ वर्ष देखि १४ वर्ष सम्म– ९ घण्टा/प्रति दिन
१५ वर्ष देखि १८ वर्ष सम्म– साढे ७ घण्टा/प्रति दिन
अभिभावकको दायित्व
१. प्रत्येक बच्चाको स्कुल जाने उमेरमा अनिवार्य रुपमा आँखा जाँच गर्ने।
२. अत्याधिक स्क्रीन प्रयोगले माथि भने जस्तै समस्याहरु हुने हुनाले आफ्ना बालबालिकालाई घरबाट बाहिर खेल्ने खेलहरु खेल्न प्रोत्साहन गर्ने।
३. गृहकार्य गराउँदा अभिभावकहरु आफैं मोबाइल फोनमा व्यस्त नहुने।
४. धेरै भन्दा धेरै समय आफ्ना बालबालिकासँग बिताउने, ता कि उनीहरुलाई विद्युतीय उपकरणहरु (मोबाइल, ट्याबलेट, ल्याबटप) स्क्रीनको जरुरत कम परोस्।
#स्वास्थ्य खवर पत्रिकावाट साभार
-(बाल नेत्र विशेषज्ञ डा सुजाता भण्डारी गेटा आँखा अस्पताल कैलालीमा कार्यरत छिन्।)





























