चालक नहुँदा थन्कियो १४ करोड रुपैयाँको ब्रुमर

18.3K
shares
Nabil bank

काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन।

ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण बुमर थन्किएको स्वीकार्दै भने- ‘सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रक्रिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ।’ हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ।

सभागृहमा धुलाम्य अवस्थामा रहेको ब्रुमर हेर्दा ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्था छ। कामनपाका एक कर्मचारी भन्छन्- ‘हामीले हेर्दा त ब्रुमरले बाटो सफा गर्ने होइन, अब कामपाका कर्मचारीले ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्थामा छ।’ आफूहरूले तत्काल चालक खोजेर ब्रुमर सञ्चालन गर्न आग्रह गरिरहेको भए तापनि तैपनि कसैले नसुनेको उनको गुनासो छ। आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x