स्थानीय तह निर्वाचन : ठाउँ र आवश्यकता अनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह
वि.सं.२०७८ चैत २८ सोमवार
3.1K
shares
shares
काठमाडौं । सत्तारुढ गठबन्धन दलले स्थानीय तह निर्वाचनमा ठाउँ र आवश्यकता अनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सोमबार सम्पन्न गठबन्धनको शीर्ष नेताहरुको बैठकले साे आग्रह गरेका हुन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोककुमार राई र राजमो उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपिल जारी गरेका छन् ।
जारी अपिल :-






























