एनएमबी बैंकद्वारा महिला कर्मचारी मात्रै भएका शाखाको घोषणा
वि.सं.२०७९ भदौ ७ मंगलवार
17.9K
shares
shares
काठमाडाैं । एनएमबी बैंकले प्रदेशहरुमा महिलाले नेतृत्व गरेको र महिला मात्र कर्मचारी भएको शाखाहरुको घोषणा गरेको छ । महिला सशक्तिकरणलाई जोड दिँदै बैंकले प्रदेशहरुमा महिला कर्मचारी मात्रै भएका शाखाहरु घोषणा गरेको हो ।
प्रदेश १ मा टंकिसिनुवारी, मधेश प्रदेशमा महोत्तरी शाखा, वाग्मतीमा बल्खु शाखा, गण्डकीमा चाउथे शाखा, लुम्बिनीमा भलबारी र सुदूरपश्चिमको धनगढी शाखामा महिला कर्मचारी मात्रै रहने घोषणा बैंकले गरेको हो । बैंकका देशभर २०१ शाखाहरु, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर संचालनमा छन् ।
Subscribe
0 Comments
Oldest
































