धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ५ जनाले पाए ११ कित्ता

Ghorahi cement

काठमाडौं।सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे प्रति शेयर रु.१००।— अङ्कित दरको ३,३१,००० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३,०९,२९५ कित्ता शेयर मिति २०७९÷०४÷२४ देखि २०७९÷०४÷२९ गते सम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८,६५,९२६ दरखास्त फारामबाट कुल २,०४,७५,९८० कित्ताको लागि आवेदन प्राप्त भएको । 

 

उक्त निष्काशनमा आवेदन दिनुहुने १८,६५,९२६ जना आवेदकहरु मध्ये रित नपुगेका १,२८६ जना आवेदकहरुलाई बांडफांडमा समावेश नगरी बांकि १८,६४,६४० जना आवेदकहरुलाई एउटै समुहमा राखि ३०,९२९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३,०९,२९० कित्ता बांडफांड गरी बांकि रहेको ५ कित्ता शेयरको लागि बांडफांडमा परेका आवेदकहरु मध्येबाट थप ५ जना सफल आवेदक छनौट गरी प्रति व्यक्ति १ कित्ताका दरले ५ कित्ता समेत गरी जम्मा ३,०९,२९५ कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro