skip this Content block

डेङ्गु परीक्षणमा मनपरी शुल्क, जताबाट पनि ठगिने सर्वसाधारण नै

17K
shares
Nabil bank

काठमाडौं । डेङ्गुको प्रकोप व्यापक बन्दै जाँदा त्यसको परीक्षण शुल्कको मारमा बिरामी परेका छन् । सरकारी तथा निजी प्रयोगशालामा दुवैमा डेङ्गु परीक्षणको शुल्कमा मनोमानी पाइएको छ । सरकारी र निजीमा गरी यस्तो शुल्क पाँच सयदेखि दुई हजार चार सय रुपियाँसम्म रहेको छ ।

 

सबैभन्दा सस्तो मानिने सरकारी प्रयोगशालाले पनि बढी शुल्क लिने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले डेङ्गु परीक्षणको शुल्क आठ सय रुपियाँ लिने गरेको छ । वीर अस्पताल र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पाँच सय रुपियाँ लिन्छन् ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गुणस्तरका आधारमा बढी शुल्क लिएको दाबी गरेको छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले पहिलेदेखि नै आठ सय रुपियाँ लिने गरेको भन्दै महँगो वा सस्तोभन्दा पनि गुणस्तर हेरिनुपर्ने दाबी गरिन् । डा. झाले भने, “हामीकहाँ डेङ्गु परीक्षण गर्ने किट गुणस्तर र महँगो हुने भएकाले बढी शुल्क लिएका हौँ ।”

 

प्रयोगशालाकै एक कर्मचारी भने डेङ्गु परीक्षण चार सय रुपियाँमै गर्न सकिने बताउछन् । “चार सय रुपियाँमा गर्दा पनि प्रयोगशालालाई घाटा हुँदैन,” नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आठ सय शुल्क लिनु धेरै महँगो हो ।” एउटै प्राङ्गणभित्र टेकु अस्पतालमा भने पाँच सय लिने गरेको छ । टेकु अस्पतालभन्दा पनि सस्तो होला भनेर आउने सेवाग्राही जनस्वास्थ्य प्रयोगशालाबाट ठगिएका छन् । कतिपय सरकारी अस्पतालले आफूखुसी डेङ्गु परीक्षण गर्दा दोहोरो शुल्क लिने गरेका छन् । टेकु र वीरमा पाँच सय शुल्क तोकिए पनि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पतालले छुट्टाछुट्टै शुल्क लिन्छन् । बानेश्वरस्थित निजामती अस्पतालले डेङ्गु परीक्षण शुल्क आठ सय रुपियाँ लिने गरेको अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले बताए ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x