भोलिबाट सहुलियत पसल सञ्चालनमा आउने (छुट सहितको मुल्य सुची )
वि.सं.२०७९ भदौ ३१ शुक्रवार
15.2K
shares
shares
काठमाडौं । भोलिबाट देशभर सरकारी सहुलियत पसल सञ्चालनमा आउने भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ बिहान ११ बजेदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट दशैं, तिहार र छठ लक्षित सहुलियत पसल सञ्चालन सञ्चालन हुने जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थासहितको सहभागीतामा सञ्चालन हुने सहुलियत पसल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सञ्चालन गर्नेछ।
उपत्यका बाहिरका ४० जिल्लाका ३९ स्थानमा पनि खाद्यको सुपथ पसल सञ्चालन हुनेछन्।
यस्तै साल्ट ट्रेडिङले पनि संयुक्त र बेग्ला बेग्लै गरी देशभर ३८ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्ने छ।

Subscribe
0 Comments
Oldest
































