दसैं बिदापछि कारोबार खुलेकै दिन सेयर बजारमा भारी अंकको वृद्धि

Ghorahi cement

काठमाडौं। दसैं बिदालाई ९ दिन बन्द भएर आइतबार खुलेको बजारमा भारी अंकको वृद्धि देखिएको छ। आज कारोबार सुरु भएलगत्तै पोजेटिभ देखिएको बजारले दिनभर निरन्तरता पायो।

फलस्वरुप नेप्से सूचक ४४.६२ अंकले बढेर १८९८.३८ विन्दूसम्म आइपुग्यो। यस्तै सेन्सेटिभ पनि ८.७८ अंकले बढेको छ।

यस्तै आज नेप्सेसँगै कारोबार रकममा पनि रौनक देखिएको छ। पछिल्ला केही कारोबार दिनहरुमा ५० करोड रुपैयाँभन्दा पनि कम कारोबार हुँदै आएको थियो। तर आज भने दिनभरको कारोबार अवधिमा २२४ कम्पनीको २ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख बढीको कारोबार भएको छ।

कारोबारका आधारमा आज हिमालयन एभरेष्ट इन्स्योरेन्स अग्रस्थानमा छ। कम्पनीको २२ करोड बढीको सेयर किनबेच भएको हो। यस्तै नबिल बैंकको पनि ३ करोड बढीको सेयर किनबेच भएको छ।

आज सेयर बजारमा निकै प्रभावसाली मानिने वाणिज्य बैंक उपसमूह १.९६ प्रतिशतको वृद्धि देखिएको छ। विकास बैंक र फाइनान्स उपसमूह ४ प्रतिशतले बढेको छ। यस्तै जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि २ प्रतिशतभन्दा बढीले बढेको छ।

आज सस्तोमा सेयर खरिद गर्ने लगानीकर्ता बढेसँगै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ। उपकार लघुवित्तको पनि सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ।

Nepali patro