बैंकले ब्याज बढाएको विरोधमा बन्द

13.2K
shares
Nabil bank

बैंकहरुले ब्याज बढाएको भन्दै विभिन्न व्यावसायिक संघ–संस्थाहरुले आज शुक्रबार सुर्खेतको वीरेन्द्रनगर बजार बन्द गरेका छन्।

बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य संघमा आज बसेको ब्यवसायिक संघ संस्थाहरुका बैठकले विज्ञप्ती जारी गर्दै आज बन्द गराएका हुन्।

हिजो बसेको बैठकमा ब्यावसायिक संघहरुले सयुक्त संघर्ष समिति समेत गठन गरेका थिए।

बजार बन्द गर्नेहरूमा सुर्खेत उद्योण वाणिज्य संघ, नेपाल च्याम्बर अफ कमर्स सुर्खेत, नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेत, संयुक्त सार्वजनिक यातायात महासंघ, प्याब्सन सुर्खेत, एन प्याब्सन सुर्खेत, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश, उद्योग वाणिज्य संघ सुर्खेत, मप ट्रक तथा ट्याक्टर व्यवसायी संघ सुर्खेत र कर्णाली स्वयंसेवक दल सुर्खेत रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x