साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट
वि.सं.२०७९ असोज ३० आइतवार
13.3K
shares
shares
Photo By: Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आइतबार बजार ९.६९ अंकले घटेर परिसूचक १८६०.९४ बिन्दुमा रोकिएको छ । सेन्सिटिभ सूचक पनि १.७२ अंकले घटेको छ ।
नेप्सेका अनुसार कुल २२१ कम्पनीको कारोबार भएकामा २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा बिक्री भएको छ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । विकास बैंक समूहको उपसूचक ६०.७०, वित्त २८.१९, जलविद्युत २१.८६, जीवन बीमा ७६.२३, माइक्रोफाइनान्स ३५.४३, निर्जीबन बीमा ५६.२३, ट्रेडिङ समूहको उपसूचक २३.७९ अंकले घटेको छ ।
अभियान लघुवित्त, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका सेयरधनीले कमाए पनि अन्यले उल्लेख्य कमाउन सकेनन्।
Subscribe
0 Comments
Oldest
































