महालक्ष्मी विकास बैंकले यस वर्ष १०.४७ प्रतिशत लाभांश वितरण गर्ने

13.6K
shares
Nabil bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्ष कुल १० दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्तापूँजी रू. ४ अर्ब १ करोड ८ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. ४१ करोड ९९ लाख ३९ हजार बराबरको लाभांश वितरणको तयारी बैंकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x