सूर्या र ज्योति लाईफको एकिकृत कारोबार शुरु

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबी एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनीले आजबाट सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।

दुवै कम्पनीबीच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ आषाढ १२ गते सम्पन्न भइ बीमा समितिबाट मिति २०७९ आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरुविच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो ।

कम्पनीको कुल चुक्ता पुँजी करिब ४ अर्ब ५५ करोड पुगेको छ । नियमनकारी निकाय बीमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी ५ अर्ब तोकिएको समयसिमा भित्र सहजै पुर्याउन कम्पनी सफल भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro