आवमा १५ प्रतिशत बढेको तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने
वि.सं.२०७९ पुस १२ मंगलवार
11.2K
shares
shares
काठमाडौं । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्।
आर्थिक वर्ष ०७९/८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ।
कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ। तर, अब नयाँ मन्त्रीहरुले उक्त तलब लिने छैनन्।
Subscribe
0 Comments
Oldest
































