आज मंगलबार नेप्सेमा उच्च अंकले वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकले बढेको छ । आज नेप्से ५९.८७ अंकले बढेर एक हजार ९ सय ८३ दशमलब ९५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५६.८६ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । नेप्सेमा आज तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा दुई अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २०२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । दुई वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । साथै आज ५ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने चार वटा कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र एनआइबीएल डिबेञ्चरको कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २० करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro