राष्ट्र बैंकका डेपुटीहरु अर्थमन्त्रालयको ढोका बाहिर

काठमाडौं।एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सोमबार नै शपथ ग्रहण गराएको छ । एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो । उनी यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन् ।

हिजो बेलुका शीतल निवासबाट सिंहदरबार पुगेर उनले कार्यभार सम्हाले । सोही दृश्य हेर्न पुगेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र पौडेलको कार्यकक्षको ढोकामा उभिएका थिए । मन्त्रालयमान सो दुश्य हेर्नको लागि नेपाल राष्ट्र बैंकका डेपुटीहरुले घाँटी तन्काएर हेरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय गरेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै राजस्वको लक्ष्य प्राप्त गर्न चुहावटलाई कडाइका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनरसंरचना गर्ने निर्णय गर्दै राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रूपमा घनिभूत गराउने पनि निर्णय गरिएको छ ।

ब्याज वृद्धिका साथै राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनको विपक्षमा उत्रिएका व्यवसायीहरू (नेपाल उद्योग वाणिज्य महासंघ) को टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या राखिसकेका छन्। आजैमात्र केही व्यवसायीले अर्थमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्ने तयारी गरेका छन् ।

पदभार ग्रहण गर्दै पौडेलले अर्थतन्त्र संकटको डिलमा पुगेको भन्दै त्यसलाई सुरक्षित ठाउँमा फर्काउन मेहनत गर्ने उल्लेख बताएका छन् । उनले अर्थतन्त्रको समस्या समाधान गर्नै नसक्ने अवस्था नरहेको पनि बताए ।

Shangri-la Development Bank Ltd.
Nepali patro