खर्च विवरण नबुझाएका मेयरद्वारा निर्वाचन आयोगविरुद्ध मुद्दा
वि.सं.२०७९ पुस १९ मंगलवार
14.3K
shares
shares
काठमाडौं।समयमै निर्वाचन खर्चको विवरण नबुझाउने महानगरका मेयर बालेन गल्फ बालेन्द्र साह बिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
तर साहले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका छन् । समयमै निर्वाचन खर्चको विवरण नबुझाउने स्थानीय तहमा उठेका उम्मेदवारहरुलाई जरिवाना गर्ने आयोगको निर्णयप्रति असन्तृष्टि जनाउँदै उनले आज रिट दायर गरेका हुन् ।
स्थानीय निर्वाचनमा भाग लिएकामध्ये खर्च विवरण नबुझाएका १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना नतिरे छ वर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउने आयोगको निर्णय कानुनविपरित रहेको मेयर बालेन्द्रको दाबी छ । उनले सर्वोच्चको संवैधानिक इजलासबाट आयोगको उक्त निर्णय बदर गर्न माग गरेका छन् ।
Subscribe
0 Comments
Oldest
































