‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को पाचौँ संस्करण सुरु

Ghorahi cement

काठमाण्डौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आज जनवरी ५ तारेखका दिन काठमाडौंको ज्ञानेश्वरस्थित मिड–भ्याली इन्टरनेशनल कलेजमा टुरिजम तथा हस्पिटालिटी क्विजको भब्य आयोजना सम्पन्न गर्दै प्रतेक बर्ष आयोजना गरिने पाटा युथ ट्यालेन्ट क्वेस्ट को पाँचौं संस्करण सुरु गरेको छ ।  

आज सम्पन्न टुरिजम तथा हस्पिटालिटी क्विज प्रतियोगितामा ग्लोबल कलेज इन्टरनेशनल का विद्यार्थीहरु सुश्री छिरिङ ठोकर, विजयकुमार चौधरी र इशान नेपालले प्रथम स्थान हासिल गरेका छन । त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट ( विद्यार्थीहरु– अपिल महर्जन, क्षितिज आचार्य र विवेक मिश्र) र मिडभ्याली इन्टरनेशनल कलेज (विद्यार्थीहरु– सुश्री क्रिस्टिना पर्साई, चन्द्रप्रकाश कुँवर र सुश्री दावा जाङ्मु शेर्पा ) प्रतियोगिताको प्रथम र दोस्रो उपविजेता बनेका छन ।

पाटा नेपाल च्याप्टरले पाटा नेपाल स्टुडेन्ट को सहकार्यमा विभिन्न प्रायोजक तथा सहयोगी संस्थाहरू मनकामना केबलकार (सपोर्टिंग पार्टनर), नबिल बैंक (बैंकिङ पार्टनर), बुद्ध एयर (एयरलाइन्स पार्टनर), हाईग्राउन्ड एडभेन्चर र ट्रेकिङ भेन्यू नेपाल (एडभेन्चर पार्टनर्स), केजीएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट, सेभेन लेक्स रिसोर्ट र चन्द्रागिरि हिल्स रिसोर्ट ( हस्पिट्यालिटी पार्टनर्स), कम्युनिटी होम्स्टे नेटवर्क (कम्युनिटी टुरिज्म पार्टनर) लगायत मिड–भ्याली, नाथम र लिटिल एन्जलस कलेज (भेन्यु पार्टनर्स) को सहयोग तथा समन्नवयमा पाचौं युथ ट्यालेन्ट क्वेस्ट आयोजना गरिरहेको छ ।

पाँचौं युथ ट्यालेन्ट क्वेस्ट अन्तर्गतको अर्को कार्यक्रमहरु पाटा युवा टुरिजम प्रोफेसनल शेफ प्रतियोगिता र कन्टेन्ट राइटिङ प्रतियोगिता यही जनवरी ७ तारेखमा नाथम कलेजमा आयोजना हुनेछ ।

पाटा युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा आयोजना हुने वार्षिक कार्यक्रम हो । सो कार्यक्रम प्रतिभावान यूवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमता अभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro