प्रधानमन्त्रीको निर्देशनपछि घट्यो इन्धनको भाउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाउ घटाउन निर्देशन दिएपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

अन्तराष्ट्रिय बजारमा घट्दा पनि यसअघि भाउ घटाउन आनाकानी गरिरहेको निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३र३ रुपैयाँ तथा आन्तरिक हवाई इन्धन २० रुपैयाँ घटाएको छ।

हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो। हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।

ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ । वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले सम्हाले लगत्तै आइतबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro