यो वर्ष विश्वमै इन्धनको मूल्य घट्ने

13.4K
shares
Nabil bank

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने बताएका छन् ।

नेपाल आयल निगमको ५३औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मरासिनीले स्वचालित मूल्य प्रणाली लागू नहुुँदा निगमको वित्तीय अवस्था कमजोर हुुँदै गएकाले अब पूर्ण रूपमा लागू गरिने बताएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा सन् २०२३ मा कच्चा तेलको मूल्य घट्ने देखिएकाले पनि स्वचालित मूल्य लागू गर्न सहज हुने उनले बताए । पेट्रोलियम पदार्थको कारोबार गर्ने निगम एकाधिकार प्राप्त रहेको र व्यापारिक मोडेलको संस्था भएकाले आम्दानी बढेको हुुनुपर्छ, सचिव मरासिनीले भने, “अहिले निगमको अवस्था कहाँ छ भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको छ ।”

निगमप्रति उपभोक्ताको चासो बढेकाले संस्था सुधार गर्न कर्मचारीले दैनिक कम्तीमा पाँच वटा कामको प्रतिबद्धता गर्नुपर्ने र संस्थालाई कारोबार मात्र नभएर लगानी गर्ने हिसाबमा पनि अगाडि बढ्न उपयुक्त हुने बताए । निगमको विकल्प भनेको गुणात्मक सुधारसँगै डिजिटल प्रविधिको प्रयोग गर्नुु रहेको सचिव मरासिनीले बताए । नेपालका पेट्रोल पम्पहरू फोहोर र अव्यवस्थित रहेको भन्दै सचिव मरासिनीले व्यवसायीलाई पूर्वाधार सुधार गरी सबै किसिमको सुविधा पाउने ठाउँको विकास गर्न आग्रह गरे । इन्धन अत्यावश्यक वस्तुु भएकाले भन्डारण र सुधारमा जोड दिनुुपर्ने उनले बताए ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य बढेकाले आर्थिक चपेटामा निगम परेको बताए । “स्वचालित मूल्य प्रणाली नियमित रूपमा लागू गरेको भए निगमको अवस्था कमजोर हुुने थिएन,” कार्यकारी निर्देशक थानीले भने, “अब ग्याससँगै अरू इन्धनमा स्वचालित मूल्य प्रणालीमा इन्धनको मूल्य तोक्न सबैको साथ र सहयोग आवश्यक छ ।”

गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रूपमा आपूर्र्ति सहज बनाउनु नै निगमको प्रमुख लक्ष्य रहेकाले इन्धन भण्डारण गृह निर्माण गर्न लागिएको कार्यकारी निर्देशक थानीले जानकारी दिए ।

पूर्वाधार बढाइँदै

निगमको नीति तथा कार्यक्रमबमोजिम चालू आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार छ सय किलोलिटर क्षमताको अत्याधुनिक हवाई इन्धन डिपोको निर्माण, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जमा दस हजार किलोलिटर क्षमताकोे पेट्रोल भण्डारण गृहको निर्माण र झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माणसम्बन्धी प्राविधिक अध्ययन भइरहेको निगमले जनाएको छ ।

निगमले अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगञ्ज, धनगढी र सुर्खेतमा भण्डारण क्षमता अभिवृद्धिका लागि जग्गा प्राप्ति प्रक्रिया पनि अघि बढाएको जनाएको छ । गोरखापत्र दैनिक

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x