प्राइम,गुरांस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मर्जर

Ghorahi cement

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तिनवटा कम्पनीको डिडिए गर्ने कार्य सम्पन्न भइ तिन कम्पनीहरु गाभिने गरि सहमती भएकोले आज मिति २०७९ साल माघ महिना १ गतेका दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष श्री सुर्य प्रसाद सिलवालको उपस्थितीमा भएको कार्यक्रममा गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौता सम्पन्न भयो । 

प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुरांस लाइफ इन्स्योरेन्स कं. लि. र युनियन लाइफ इन्स्योरेन्स कं. लि. को १ ः १ ः १ शेयर अनुपात कायम गरिएको छ ।

मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा श्री सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा श्री मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ ।

मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।

कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro