नेप्से आज सामान्य अंकले घटेकोे छ,कारोबार रकम पाँच अर्ब

नेप्सेमा गिरावट हुँदा पनि हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । लगातार बढ्दो अवस्थामा रहेको बजार परिसूचक गत साता बुधबार र बिहीबार दुई दिन घटेको थियो । तर, आइतबार र सोमबारको बिदापछि खुलेको नेप्से मंगलबार ३२.७२ अंकले बढेको थियो । बुधबार पुनः नेप्से ९.०१ अंकले गिरावट हुँदा २१७३.१० अंकमा बन्द भएको छ ।

 

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । मंगलबार ४ अर्ब पनि नपुगेको कारोबार रकम बुधबार भने बढेको हो । बुधबार नेप्सेमा बजार बढ्ने र घट्नसक्ने अनुमानमा नाफा बुक गर्नेको प्रतिस्पर्धा चल्दा तीव्र उतारचढाव देखिएपनि अन्तिममा नेप्से घटेर बन्द भएको हो । जसले कारोबार रकम पनि ५ अर्ब नजिक पुर्‍याएको छ । बुधबार १ करोड ३३ लाख ४ हजार १४० कित्ता सूचिकृत धितोपत्र कारोबार हुँदा ४ अर्ब ९२ करोड ८७ लाख १५ हजारको कारोबार भएको छ ।

 

नेप्सेमा गिरावट हुँदा पनि हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । हकप्रद सेयरले गर्दा हाइड्रोपावर कम्पनी लगानीकर्ताको रोजाइमा परेको बजारका जानकारहरु बताउँछन् । बुधबार नेप्सेमा विकास बैंक, हाइड्रोपावर र म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ०.८४ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक ०.४६ प्रतिशतले गिरावट भएको छ । यता निर्जीवन र जीवन बीमा उपसूचकमा १ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बैंकिङ उपसूचक पनि ०.७२ प्रतिशतले गिरावट भएको छ ।

 

४० प्रतिशत बोनस सेयर पछि ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको रिडी हाइड्रोपावर कम्पनीको सेयर कारोबारमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको ३५ करोड ७८ लाख ५५ हजारको कारोबार हुँदा ४० प्रतिशत हकप्रद प्रस्ताव गरेको अपी पावरको १९ करोड ७६ लाख २१ हजार र नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख ८१ हजारको कारोबार भएको छ । बुधबार नेप्सेमा धेरै सेयर कारोबार हुने १० ककम्पनी मध्ये ८ वटा हाइड्रोपावर कम्पनी नै रहेका छन् ।

 

हाइड्रोपावर कम्पनीको उच्च सेयर कारोबरा मात्रै नभएर सेयर मूल्य बढ्नेमा पनि अगाडि छन् । बुधबार पिपुल्स हाइड्रोपावर, बलेफी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी र ग्रिन भेञ्चर्स लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेशनल हाइड्रोपावरको सेयरमूल्य पनि ९.०६ प्रतिशतले बढेको छ ।

 

यता साल्ट ट्रेडिङ कम्पनीको सेयरमूल्य सर्वाधिक ७.८९ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावर कम्पनीको ६.९२ प्रतिशतले गिरावट भएको छ । यस्तै मिथिला लघुवित्तको सेयरमूल्य ६.०५ प्रतिशतले गिरावट भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro