मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने: प्रधानमन्त्री प्रचण्ड

मिटरब्याजी समस्याले हजारौं किसान पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री प्रचण्डले भेट गरेका हुन्। पीडित किसानसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस समस्यालाई आफूले समाधान गर्ने विश्वास दिलाएका हुन्।

 

प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौं। मिटरब्याजी समस्याले हजारौं किसान पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यस पटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro