Prabhu Bank
Ismt college

असल सहकारीहरुलाई प्रोत्साहन गरौ गलत काम गर्नेलाई नगरौं

Kispang gaupalika

काठमाडौं।सहकारी अभियान र यसका अभियन्ताहरुले सहकारीमा भित्रिएको विकृतिलाई परास्त गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबध्दता जनाएका छन् र अव सहकारीमा नकारात्मक प्रबृत्तिले प्रश्रय नपाउने विश्वास व्यक्त गरे ।

केही बचत तथा ऋण सहकारी संस्थाहरुले बचत कर्ताहरुको बचत फिर्ता नगरिदिदा बचतकर्ताहरुको बचत सुरक्षालाई ध्यान दिने क्रममा र सम्पत्ति शुध्दीकरण नियन्त्रणमा नेपालका सहकारी क्षेत्रहरुको प्रयासलाई साझा रुपमा परिचालन गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागले आयोजना गरेको सहकारी क्षेत्रको वर्तमान समस्या र समाधानमा सरोकारवालाहरुको भूमिका विषयक कार्यक्रममा सरोकारवाला निकायहरुले सहकारीमा विकृति भित्रन नदिने र विकृति फैलाउनेहरुलाई कानूनको दायरामा ल्याउन सवैले सहयोग गर्ने कुरा बताएका हुन् ।

कार्यक्रममा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी नेपालको अर्थतन्त्रको मुख्य क्षेत्र भएको र जनमानसमा यस प्रतिको विश्वास र भरोसालाई कायम राख्न संघ महासंघहरुले सहकारीका सिध्दान्त र आदर्शलाई परिपालना गर्दै सहकारी अभियान जनताको समृध्दिको मूल आधार हो भन्ने भनाईलाई सार्थक बनाउन लागि पर्न अनुरोध गरे । उनले भने असल सहकारीहरुलाई प्रोत्साहन गरौ गलत काम गर्नेलाई कोही कसैले संरक्षण नगरौं । समस्याग्रस् सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाले गलत काम गर्ने सहकारीलाई दुरुत्साहन गर्न सवै सरोकारवालाहरुको साझा दृष्टिकोण हुनु पर्ने कुरा वताए । राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्र राज दवाडीले सवै सहकारीले सहकारिताको मूल मर्म अनुरुप काम गर्नु पर्ने र सरकारीमा अनुशासनहीनता स्वीकार्य नहुने कुरा बताए ।

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले संचालकले बिना धितो विना व्याज आफैलाई ऋण दिने लाभको पदमा रहेर पनि सहकारी संस्थाको संचालक पदमा कायम रहिरहने कार्य तत्काल छोड्नु पर्ने बताए । मन्त्रालयका सहसचिव निराजन घिमिरेले अहिले केही सहकारीमा भित्रिएको विकृति हटाउन कार्ययोजना बनाइ अगाडि बढ्नु पर्ने कुरा राखे । सहकारी विकास वैंकका अत्ध्यक्ष के वी उप्रेतीले सहकारीका विकृति हटाउन सहकारी विकास वैंक तत्पर रहेको र सहकारीलाइ सुशासनयुक्त बनाउन थप नितिगत व्यवस्था हुनु पर्ने बताए ।नेफस्कुनका अध्यक्ष परितोष पौडेलले अहिले सहकारी संस्था र सदस्यका वीच विश्वास बढाउने काम प्राथमिकतामा रहनु पर्ने कुरा राखे

। यस सन्दर्भमा मन्त्रालयको यो सक्रियता सराहनीय रहेको पनि उनले उल्लेख गरे । सहकारी महासंघकी चित्रा थाम्सुहांगले सहकारीमा भित्रिएको विकृति हटाउन अभियान र सरकार संग संगै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताइन । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले विकृत रहित सहकारी अवको आवश्यकता रहेको कुरा जनाए । सहकारि विकास बैकका प्रमुख कार्यकारी अधिकृतले सहकारीमा भित्रिएका एकाध गलत घटनालाइ अव दोहोरिन नदिन सवै प्रयासरत रहनु पर्ने बताए ।

Bhotekoshi