नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर राणाको निधन

Ghorahi cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । राणाको उपचारका क्रममा आज राजधानीको नर्भिक अस्पतालमा निधन भएको हो ।

अर्थ मन्त्रालयको समेत पहिलो सचिवका रुपमा काम गरेका राणाले विक्रम सम्वत २००८ सालमा ल्याएको बजेट लेखनमा काम गरेका थिए । २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि राणा पहिलो गभर्नर बनेका थिए ।

२०१७ सालमा तत्कालिन राजा महेन्द्रले कु गरेपछि उनको पद गएको थियो । राणाले सयुक्त राष्ट्र संघ अन्तर्गतका विभिन्न निकायमा काम गरेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro