सहकारीमा सकारात्मक प्रबृत्तिको प्रबर्ध्दन र नकारात्मक प्रवृत्तिको नियन्त्रण अहिलेको अवश्यकता- सचिव डा दामोदर रेग्मी

18.2K
shares
Nabil bank

काठमाडौं।भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाको रुपमा स्थापित रहदै आएको कुरा वताएका छन् । धनगढी स्थित नवजीवन सहकारी संस्थाका पदाधिकारिहरु संगको अन्तरक्रियामा उनले सो कुरा वताएका हुन् ।

उनले भने समुदायमा आधारित विकासको मूल मुद्दामा केन्द्रित सहकारी संस्थाहरु समन्यायिक विकास मार्फत देशमा आर्थिक सामाजिक रुपान्तरण गर्ने क्षमतालेयुक्त र भरोसायुक्त क्षेत्रमा रुपान्तरण हुन सक्ने प्रखर सामजिक उर्जाका क्षमताले युक्त छन् । सहकारीका मूलभूत आदर्श र सिध्दान्तहरुको व्यवहारिक प्रयोग र कानूनको परिपालना गर्ने परिपाटीको विकास तथा स्व अनुशासनको आदर्श मर्यादाको परिपालना हुन सकेमा सामाजिक उर्जाको रुपमा रहेका सहकारी क्षेत्र संस्थागत सुशासनको आयाममा समेत अव्वल सावित हुन सक्दछन्।

अहिले नेपालका सहकारी संस्थाहरु यी अवसर र चुनौतीको दोसांधमा रहेका छन् देशको सवल अर्थतन्त्र निर्माण गर्न सहकारी अभियानलाई प्रभावकारी रुपले संचालन गर्न सवै सरोकारवालाहरुको सहकार्यलाई विस्तार गर्नु पर्ने कुरा वताए । उनले थप गरे सहकारीमा सकारात्मक प्रबृत्तिको प्रबर्ध्दन र नकारात्मक प्रवृत्तिको नियन्त्रण अहिलेको अवश्यकता रहेको उनले बताए ।

अवसरको अत्यधिक उपयोग र निरन्तरता तथा चुनौतीको न्यूनीकरणका लागि साझा प्रयास हाम्रा प्राथमिक आवश्यकता हुन् उनले बताए ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देव वहादुर बमले अहिले यस संस्थाले दैनिक १ करोडका हाराहारीमा बचत संकलन गर्ने गरेको किसानको हक हित हुने गरि कर्जा प्रवाह गरेको तथा सहकारीको मूल्य मान्यता कायम हुने गरि र बचत कर्ताहरुको बचत सुरक्षा हुने गरि काम गरिरहेको बताए ।

सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएकोले नवजीवन सहकारीले २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार समेत प्राप्त गरेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x