चुनौतीपूर्ण अर्थतन्त्रको निकासका लागि परिसंघले थाल्यो राजनीतिक दलसँग छलफल

15K
shares
Nabil bank

काठमाडौं Iनेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ । परिसंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् एवं पार्टीबाट अर्थ उद्योगलगायत अर्थतन्त्रसँग सम्बन्धित क्षेत्र हेर्नुहुने पदाधिकारी एवं केन्द्रिय सदस्यहरुसँग छलफल गरेको छ ।

परिसंघ सचिवालयमा बुधबार आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताउनुभयो । लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल‌ खस्किएकाले यसमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुको मनोबल बढाउन सांसद्हरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

अर्थतन्त्रमा सुधार ल्याउन सरकारी एवं निजी क्षेत्रको लगानी बढाउनुपर्ने, ब्याजदर कम

गर्नुपर्ने, तरलताको सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल

चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे पनि राष्ट्रिय

स्वतन्त्र पार्टीका सांसद् एवं नेताहरुलाई अवगत गराइएको छ । परिसंघले नेपाली

अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर),

औद्योगिक प्रबर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै

तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा

औद्योगिक क्षेत्रलगायतका पूर्वाधार अगाडि बढाउनुपर्ने, सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन

सलियतको व्यवस्था गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।

परिसंघको यो सुझावलाई सबै मिलेर कार्यान्वयनमा लैजान सकिए अर्थतन्त्रमा छिटो सुधार

आउने विश्वास अध्यक्ष अग्रवालले व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डिपी अर्यालले अर्थतन्त्र जोगाउन सबै मिल्नुपर्ने र

शिक्षित गराउनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको सफलता नै देशको सफलता हुने

भन्नुहुदै अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँगै रहेको बताउनुभयो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, हेमराज

ढकाल, उद्योगी अमित मोरलगायतले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन

आवश्यक रहेकोमा जोड दिनुभयो । सहि तरिकाले गरेको उद्योग व्यवसायबाट आर्जित

नाफालाई समेत नकारात्मक दृष्टिकोणबाट हेर्नु उचित नभएको उद्योगी व्यवसायीहरुले

बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले अनुहार हेरेर नीति बनाइने गरेको भन्नुहुँदै

त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो ।

परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका विषयमा अन्य राजनीतिक दलहरुसँग छलफल तथा

अन्तरक्रिया आयोजना गर्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x