महवाकांक्षी बजेट ल्याउने तयारीमा सरकार

Ghorahi cement

काठमाडौं । देशको अर्थतन्त्र संकुचन भएको अवस्थामा सरकारले दिगो, फराकिलो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ ।

 

अर्थमन्त्री डा प्रकाशशरण महतले आइतबार संसद्मा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मन्दी र बजारमा आर्थिक समस्या देखिरहेको बेला महत्वाकांक्षी बजेट ल्याउने संकेत दिएका हुन् ।

 

स्रोतको अभावका कारण बजेटको आकार नै खुम्चिएर पुँजीगत खर्चसमेत कटौती गर्नुपर्ने दबाबलाई बेवास्ता गर्दै सरकार सस्तो लोकप्रियता खोज्दै छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०७९÷८० मा २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने बताइरहेको बेला अर्थमन्त्री महतले भने चालू आवमा जस्तै ८ प्रतिशतको आर्थिक वृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका हुन् ।

 

अर्थमन्त्री महतले आगामी बजेटमा आर्थिक वृद्धि, रोजगारी र सुशासन प्रवद्र्धनलाई प्राथमिकता दिइने जानकारी सदनलाई दिए ।

 

उपभोग्य वस्तुमा वैदेशिक निर्भरतालाई कम गरिने, लघु घरेलु उद्योग प्रवद्र्धन गर्न कार्यक्रम सञ्चालन गरिने, निर्यात प्रवद्र्धन गर्न नगद अनुदानलगायतका कार्यक्रम सञ्चालन गरिनेजस्ता पुराना महत्वाकांक्षी योजना अर्थमन्त्री महतका रहेका छन् ।

 

आवासविहीनका लागि आवास कार्यक्रम सञ्चालन गरिने, नेपालको विकासका लागि आर्थिक कूटनीति अपनाइने कुरा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएको छ ।

 

रोजगारीको अवसर बढाउने र सुशासन प्रवद्र्धन गर्नेतर्फ लक्षित हुँदै भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइने पनि मन्त्री महतले बताए ।

 

संघीय संसद्का दुवै सदनमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सैद्धान्तिक छलफलको प्रस्ताव राख्दै अर्थमन्त्री महतले अप्ठेरोका बीच पनि केही महत्वाकांक्षी भएरै बजेट ल्याउने संकेत दिएको आजको राजधानी दैनिकमा खवर छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro