सिटी होटेलको आईपीओमा आजदेखि आवेदन खुला

Ghorahi cement

काठमाडौं । सिटी होटेल लिमिटेडले आज (वैशाख २५ गते)देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको छ ।होटेलले आफ्नो जारी पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

 

सोमध्ये पहिलो चरणमा एक लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीका लागि छुट्ट्याइएको छ ।

 

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । होटेलको आईपीओमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागानुसार आवेदन नपरे जेठ ८ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम दुई हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

आईपीओ निष्कासनका लागि गराइएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरोसेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म कम्पनी चार करोड ४६ लाख ८३ हजार रुपैयाँ नोक्सानीमा छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro